२०८३ असार ८ गते , सोमबार
जाजरकोटमा जिप दुर्घटना, तीन जनाको मृत्यु
जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना गम्भीर घाइते भएका छन् । घाइते चार जनाको अवस्था सामान्य रहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए । सुर्खेतबाट जाजरकोटका लागि छुटेको क ०२–००१ च ०३४१ नम्बरको जिप दुर्घटना भएको हो । जिप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएकाहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको उनले बताए । गृहमन्त्री बालकृष्ण खाणले हेलिकप्टरमार्फत घाइतेको उद्धार गर्न निर्देशन दिएका थिए ।