२०८३ असार ८ गते , सोमबार

सडक भासिएको स्थानमा दुई पुरुषको शव भेटियो

sajilo news
रासस
२०७९ जेष्ठ २७ गते , शुक्रबार
सडक भासिएको स्थानमा दुई पुरुषको शव भेटियो

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४, ड्यामनजिक सडक भासिँदा दुईतर्फी सवारी आवागमनमा अवरुद्ध भएको छ । सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुष शव फेला परेको छ ।

मृतक दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए । पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजी कार्य गरिरहेको छ । उनले भने, “नदीमा मोटरसाइकल र कारको पार्टपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने सङ्केत देखिएको छ ।”

गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भासिएर जोखिम र राजमार्ग अवरुद्ध बनेको छ । सडकको तलको भाग भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

सम्बन्धित समाचार