२०८३ असार ८ गते , सोमबार

लहरीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

sajilo news
झापा
२०७९ जेष्ठ २७ गते , शुक्रबार
लहरीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

सुनसरीको दुहबी नगरपालिका- ५ बुढीपुल स्थित कोसी राजमार्गमा लहरीको ठक्करबाट मोटरसाइकल पछाडि सवार एक जना महिलाको मृत्यु भएको ।

मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका- २० बस्ने ५८ वर्षीया कृष्णकुमारी खवास रहेकी छन् । बिहीबार दिनको ३ बजे उनकै श्रीमान् ६६ वर्षीय मच्छिन्द्र खवासले चलाएको को २८ प ८५४४ नम्बरको मोटरसाइकलको पछाडि बसी जाँदै गर्दा विपरीत दिशाबाट आएको UP 57AT 3837 नम्बरको भारतीय लहरीले ठक्कर दिँदा उनको घटनास्थलमानै मृत्यु भएको थियो भने चालक सामान्य रहेका छन् ।

घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी टोली खटी गई लहरी र लहरी चालक भारत कुसिनगर जिल्ला बस्ने ४५ वर्षीय मन्नु यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार