२०८३ असार ८ गते , सोमबार
हल्दिवारीमा चट्याङ लागेर मरे पाँच वटा सुँगुर
हल्दिवारी । झापाको हल्दिवारीमा गएराती पानीसँगै परेको चट्याङ लागेर पाँच वटा सुँगुर मरेका छन् । चट्याङ लागेर गएराति ११ बजेतिर चार वटा ठुला सुँगुर र एउटा बच्चा गरी पाँच वटा सुँगुर मरेको हल्दिवारी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक फडिन्द्र अधिकारीले बताए ।
हल्दिवारी गाउँपालिका- ५ कन्चनश्री बजार नजिकै रहेको केरुङ कृषि फर्मभित्र पालिएको सुँगुर मर्दा एक लाख मुल्य बराबरको क्षति भएको वडा अध्यक्ष खड्गप्रसाद लावतीले जानकारी दिए ।