२०८३ असार ८ गते , सोमबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

sajilo news
झापा
२०७९ जेष्ठ २६ गते , विहीबार
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

झापा । तेह्रथुम र पाँचथरको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तेह्रथुमको म्याङ्लुङ नगरपालिका- १ को भित्री सडक खण्डबाट म्याङ्लुङबाट तमोर तर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त ४९८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बाटो देखि अन्दाजी १०० मिटर तल खस्दा दुर्घटना हुँदा चालक फेदाप गाउँपालिका ५ ईसिबुका २६ वर्षीय रबिन खापुङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । 

त्यस्तै पाँचथरको हिलिहाङ गाउँपालिका ७ सल्लेरीमा बुधवार दिउँसो ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पाँचथरबाट झापा तर्फ जाँदै गरेको मे १ ख २४९४ नम्बरको ट्याङ्करले र विपरीत दिशा तर्फ जाँदै गरेको को ५ प २३३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । घाइते भएका चालक रामधुनी नगरपालिका- ७ सुनसरीका २६ वर्षीय प्रेम घिसिङको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

 

सम्बन्धित समाचार