२०८३ असार ८ गते , सोमबार

दमकमा ‘सक्रिय पत्रकार सञ्जाल’ गठन, अध्यक्षमा भट्टराई र सचिवमा घिमिरे

sajilo news
झापा
२०७९ जेष्ठ २५ गते , बुधबार
दमकमा ‘सक्रिय पत्रकार सञ्जाल’ गठन, अध्यक्षमा भट्टराई र सचिवमा घिमिरे

झापाको माइपश्चिम क्षेत्रका क्रियाशील पत्रकारहरू सङ्गठित भएका छन् । जिल्लाको माइपश्चिम क्षेत्रलाई कार्य थलो बनाएर विभिन्न सञ्चारमाध्यमहरूमा काम गरिआएका क्रियाशील पत्रकारहरूको भेलाले ‘सक्रिय पत्रकार सञ्जाल ’ गठन गरेका हुन् ।

बुधवार दमकमा भएको भेलाले गिरीराज भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेका हुन् । गठित समितिको उपाध्यक्षमा अनिलदेव राई , सचिवमा चिरञ्जीवी घिमिरे ,कोषाध्यक्षमा विष्णु पौडेल चुनिएका छन् । यसैगरि सदस्यहरूमा आत्माराम राजवंशी,सेसहाङ फियाक, शान्ति सुब्बा, गोविन्द ल्वागुन, शुष्मा नेपाली रहेका छन् ।

यसैगरि भेलाले विमल लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय एक सल्लाहकार समिति समेत गठन गरिएको सचिव घिमिरेले बताए । सल्लाहकार समितिको सदस्यहरूमा विष्णु सुब्बा, डिकेश लामा, डन्डीराज घिमिरे, दुर्गा पौडेल रहेका छन् ।

यसैगरि ,सोही भेलाले सचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरिएको छ । गठित विधान मस्यौदा समितिको सदस्यहरूमा रोमणि लामिछाने, वेणु अधिकारी, शान नपाल र सुमित भण्डारी रहेका छन् । त्यस अवसरमा बोल्दै पत्रकारका अगुवाहरूले पत्रकारहरूको व्यावसायिक वृद्धि विकासमा लाग्न सके मात्र पेसागत सुरक्षा मजबुत हुँदै जाने औँल्याएका थिए ।

मञ्चको अधिवेशनमा सहभागिता नहुने

भेलाले पत्रकार मञ्च दमकको हुन लागेको अधिवेशनमा सहभागिता नजनाउने निर्णय गरेको छ । मञ्चले पत्रकारहरूको पेसागत हितमा काम गर्न नसकेकाले त्यसका अधिवेशन लगायतका गतिविधिमा समेत सहभागिता नजनाउने निर्णय गरेका छन् । पेसागत हितका सन्दर्भमा सबै पत्रकारजन्य संघ सङ्गठनहरूसँग सहकार्य गरेर अघि बढ्ने निर्णयमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार