२०८३ असार ८ गते , सोमबार

आजको मौसम : मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

sajilo news
झापा
२०७९ जेष्ठ २५ गते , बुधबार
आजको मौसम : मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

आज (बुधबार) बिहान बागमती प्रदेश र गण्डकी  प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली भएको छ । साथै प्रदेश-१, बागमती प्रदेश र गण्डकी  प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा  सामान्यदेखि पूर्ण बदली हुने भएको छ । बाँकी भू-भागमा भने आंशिकदेखि सामान्य बदली रहनेछ। साथै प्रदेश(१, बागमती प्रदेश, गण्डकी प्रदेश, मधेश प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार राती भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।
 

सम्बन्धित समाचार