२०८३ असार ८ गते , सोमबार

 करेन्ट लागेर झापामा एक किशोरको मृत्यु 

sajilo news
झापा
२०७९ जेष्ठ २३ गते , सोमबार
 करेन्ट लागेर झापामा एक किशोरको मृत्यु 

करेन्ट लागेर झापामा एक किशोरको  मृत्यु भएको छ । झापा जिल्ला गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुर बस्ने १७ वर्षीय रोहितसिंह गनगाईको करेन्ट लागेर मृत्यु भएको हो ।

छिमेकीको विवाहमा जेनेरटरको तार खोल्ने क्रममा करेन्ट लागेर गनगाई घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

सम्बन्धित समाचार