२०८३ असार ८ गते , सोमबार

करेन्ट लागेर एक महिलाको मृत्यु

sajilo news
सुनसरी
२०७९ जेष्ठ २३ गते , सोमबार
करेन्ट लागेर एक महिलाको मृत्यु

सुनसरीको वराहक्षेत्र नगरपालिका- ६ स्थित जब्दि निवासी ३७ वर्षीया सरस्वती श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार बेलुका साढे ७ बजे घर अगाडि कलमा पानीको मोटर चलाई नुहाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी श्रेष्ठको घोपा धरानमा उपचार क्रममा हिजै राती सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

सम्बन्धित समाचार