२०८३ जेष्ठ ३१ गते , आईतबार
झापामा आइतबार मध्यरातीदेखि निषेधाज्ञा
झापा । झापामा जिल्ला एक साता लागि निषेधाज्ञा जारी गरिएको छ । भारतको पश्चिम बंगला र बिहारसँग जोडिएको झापा जिल्लामा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले बैशाख १९ गते आइतबार मध्यराती १२ बजेदेखि बैशाख २६ गते आइतबार मध्यराती १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।