२०८३ असार १२ गते , शुक्रबार

मण्डल परिवारद्वारा भद्रपुरको दुर्गा मन्दिरमा ४१ केजीको घण्टी स्थापना

sajilo news
झापा
२०८३ असार ११ गते , विहीबार
मण्डल परिवारद्वारा भद्रपुरको दुर्गा मन्दिरमा ४१ केजीको घण्टी स्थापना

भद्रपुर । पवित्र निर्जला एकादशीको अवसरमा भद्रपुर-६ स्थित सार्वजनिक दुर्गा मन्दिरमा ४१ केजी तौलको घण्टी स्थापना गरिएको छ।

स्वर्गीय रामप्रसाद मण्डल तथा स्वर्गीय सीतादेवी मण्डलको स्मृतिमा उनीहरूका सुपुत्रहरू दुर्गाप्रसाद मण्डल र विश्वनाथ मण्डलको सहयोगमा दुर्गा मन्दिरको सौन्दर्य अभिवृद्धिका लागि घण्टी स्थापना गरिएको हो। स्थापना गरिएको घण्टीको शुभ उद्घाटन मण्डल परिवारका नातिहरू आरभ मण्डल र आलोक मण्डलले संयुक्त रूपमा गरेका थिए।

मन्दिर व्यवस्थापन समितिका अनुसार घण्टी स्थापनाले मन्दिरको सौन्दर्य वृद्धि हुनुका साथै स्थानीय भक्तजनहरूमा धार्मिक आस्था, श्रद्धा र सद्भावको भावना अझ मजबुत हुने विश्वास गरिएको छ।उद्घाटन कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चापागाईँले शुभकामना मन्तव्य व्यक्त गर्दै मण्डल परिवारले धार्मिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे। साथै, उनले मन्दिरप्रति देखाएको सहयोग र सद्भावका लागि परिवारप्रति आभार व्यक्त गरे।

कार्यक्रमको उद्घाटन देवकुमार घिमिरेले गरेका थिए । कार्यक्रममा स्थानीय भक्तजन, समाजसेवी तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

 

सम्बन्धित समाचार