२०८३ असार ८ गते , सोमबार

रोमान्चक खेलमा न्युजिल्यान्डमाथि इजिप्टको पुनरागमन जित

sajilo news
झापा
२०८३ असार ८ गते , सोमबार
रोमान्चक खेलमा न्युजिल्यान्डमाथि इजिप्टको पुनरागमन जित

फिफा विश्वकप २०२६ अन्तर्गत समूह जीको रोमान्चक खेलमा इजिप्टले न्युजिल्यान्डमाथि ३–१ को पुनरागमन जित दर्ता गरेको छ। सुरुवाती अग्रता जोगाउन नसक्दा न्युजिल्यान्डले हार ब्यहोर्‍यो। 

खेलको १५औं मिनेटमा टिम पेनेको पासलाई सदुपयोग गर्दै फिन सुरम्यानले हेडमार्फत गोल गरी न्युजिल्यान्डलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफभरि न्युजिल्यान्डले सोही अग्रता कायम राख्यो।

तर, दोस्रो हाफमा इजिप्टले खेलमा पूर्ण नियन्त्रण जमाउँदै उत्कृष्ट पुनरागमन गर्‍यो। ५८औं मिनेटमा इजिप्टका मुस्ताफा जिकोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। ६७औं मिनेट स्टार फरवार्ड तथा कप्तान मोहम्मद सलाहले उत्कृष्ट गोल गर्दै इजिप्टलाई २–१ को अग्रता दिलाए।

८२औं मिनेटमा  मैदान प्रवेश गरेका वैकल्पिक खेलाडी ट्रेजेगुएले गोल गर्दै इजिप्टको ३–१ को जित सुनिश्चित गरे। फिफा विश्वकप इतिहासमा इजिप्टको यो पहिलो जित हो। जितसँगै समूह जीमा इजिप्ट ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। 

सम्बन्धित समाचार