२०८३ जेष्ठ २७ गते , बुधबार

इरानद्वारा बहराइनस्थित अमेरिकी ‘फिफ्थ फ्लिट’मा ड्रोन प्रहार

sajilo news
एजेन्सी
२०८३ जेष्ठ २७ गते , बुधबार
इरानद्वारा बहराइनस्थित अमेरिकी ‘फिफ्थ फ्लिट’मा ड्रोन प्रहार

इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ (आईआरजीसी)ले दक्षिणी इरानमा अमेरिकी सेनाले गरेको आक्रमणको जवाफस्वरूप बहराइनस्थित अमेरिकी नौसेनाको ‘फिफ्थ फ्लिट’माथि ड्रोन आक्रमण गरेको दाबी गरेको छ। 

आईआरजीसीले जारी गरेको विज्ञप्तिमा दुवै पक्षबीच भिडन्त जारी रहेको उल्लेख गर्दै अमेरिकी सैन्य आक्रामकता कायम रहेमा अझ कडा कदम चालिने चेतावनी दिएको अलजजिराले जनाएको छ।

आईआरजीसीले अमेरिकाले दक्षिणी इरानका जास्क, सिरिक तथा केशम टापुका विभिन्न स्थानमा आक्रमण गरेको पुष्टि गरेको छ। विज्ञप्तिअनुसार ती अमेरिकी आक्रमणबाट एउटा दूरसञ्चार टावरमा क्षति पुगेको छ। सिरिकको बेमानी जिल्लामा रहेका दुईवटा पानीका ट्यांकी नष्ट भएका छन्।

सम्बन्धित समाचार