२०८३ जेष्ठ ३१ गते , आईतबार

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

sajilo news
झापा
२०८२ जेष्ठ ८ गते , विहीबार
गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

सडक निर्माण योजनामा वास्तविक कामभन्दा बढी मूल्यांकन गरी रकम हिनामिना गरेको आरोपमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायत ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्ल,इन्जिनियर प्रकाश आचार्य र असिस्टेन्ट सव-इन्जिनियर मनोज धामी,लेखापाल जेठबहादुर बुढा र योजना शाखा प्रमुख नविन बुमीविरुद्ध विशेष अदालत काठमाडौंमा आज भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

यसैगरी सडक निर्माण योजनाको श्रम कार्यदल (उपभोक्ता समिति) अध्यक्ष विष्णु दत्त जैसी,कोषाध्यक्ष नन्ददेवी जैसी,सचिव पौमल सार्की र सडक निर्माण अनुगमन समिति संयोजक दलविर सार्की,समिति सदस्य धर्मराज जैसीविरुद्ध आरोप -पत्र दायर भएको हो। उनीहरूविरुद्ध जनही २३  लाख २२ हजार ८३२ रुपैयाँ विगो र र  जरिवाना माग गरिएको छ।

आर्थिक वर्ष २०७७/०७८ मा सोरु गाउँपालिका वडा नम्बर १० स्थित शहीदगेटदेखि कोटसम्म सडक निर्माण योजनामा वास्तविक कामभन्दा बढी मूल्यांकन गरी रकम हिनामिना गरेको आरोप उनीहरूमाथि छ।

अख्तियारका अनुसार उक्त सडक निर्माण योजनाको कूल लागत अनुमान ४३ लाख ९५ हजार २ रुपैयाँ तयार गरी उक्त निर्माण योजनामा उपभोक्ता समिति गठन पूर्व नै  योजना सम्झौता गरी कार्यादेश दिएको,स्वीकृत लागत अनुमान बमोजिम कार्य नभएको,स्थगल गइ यथार्थपरक नापजाँच गर्नुपर्नेमा सो नगरी कम काम भएकोलाई बढी काम गरेको भनि प्राविधिक मूल्यांकनसहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

यसैगरी मूल्यांकन समितिले अनु्गमनका बखत भर्नुपर्ने प्रतिवेदनमा योजनासँग सम्बन्धित सम्पूर्ण विवरण नै नभरी प्रतिवेदन दिइ भुक्तानीको लागि सिफारिस गरेको र सोही बमोजिम भुक्तानीको टिप्पणी आदेश स्वीकृत गरी उपभोक्ता समितिलाई वास्ताविक भए गरेको कार्यभन्दा २३ लाख २२ हजार  ८३२ रुपैयाँ बढी भुक्तानी दिइ उनीहरूले गैरकानुनी लाभ लिई सो गाउँपालिकालाई हानिनोक्साी पुर्‍याउने काम गरेको अख्तियारको ठहर छ।

सम्बन्धित समाचार