२०८३ असार ९ गते , मंगलबार
प्रदेश–१ लोकसेवाले माग्यो ६०७ स्वास्थ्यकर्मी
प्रदेश–१ सरकारको लोक सेवा आयोगले स्थानीय तहका ठूलो संख्यामा स्वास्थ्यकर्मीको माग गरेको छ। स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिकतर्फ, स्वास्थ्य सेवा, विभिन्न समूहका, सहायक स्तर पाचौँ तह र सहायक स्तर चौथो तहकालागि खुला र समावेशी पदको पदका लागि आवेदन आह्वान गरिएको हो। आयोगका अनुसार हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब, अनमी र ल्याब असिस्टेन्ट गरी ६०७ जना रहेका छन्।
