२०८३ असार ९ गते , मंगलबार

द्रोणाचार्य स्मृति प्रतिष्ठानको अध्यक्षमा रविन कोइराला 

sajilo news
झापा
२०७९ असार २६ गते , आईतबार
द्रोणाचार्य स्मृति प्रतिष्ठानको अध्यक्षमा रविन कोइराला 

द्रोणाचार्य स्मृति प्रतिष्ठान नेपालको अध्यक्षमा रविन कोइराला चयन भएका छन् । चन्द्रगढीमा शनिवार भएको समितिको दोस्रो अधिवेशनले कोइरालालाई अध्यक्षमा चयन गरेको हो ।

समितिको तीन वर्षका लागि चुनिएको समितिको उपाध्यक्षमा चन्द्रामाया श्रेष्ठ, उपाध्यक्ष जीवनकुमार श्रेष्ठ, सचिवमा लोकनाथ भट्टराई, कोषाध्यक्षमा दुर्गाप्रसाद भट्टराईलाई चयन गरिएको छ ।

यसैगरी, समितिको सदस्यहरूमा वसन्त बानियाँ, पवित्रा महतारा, देवराज कार्की, लक्ष्मीप्रसाद गुरागाईँ, पुरुषोत्तम अधिकारी, गणेश बस्नेत, खिलानाथ पाण्डे र अनुज खतिवडालाई चयन गरिएको निर्वाचन समितिका संयोजक सन्तोष आचार्यले जानकारी दिए ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा इन्चार्ज अग्नि खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला अध्यक्ष दीपक कार्कीलगायतले क्षेत्रीले राजनीतिमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

चन्द्रमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सन्तोष आचार्यको संयोजकत्वमा राजकुमार भट्टराई र नारायण कटुवाल रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । समितिले सर्वसम्मत निर्वाचन सम्पन्न गरेको जनाएको छ ।

सम्बन्धित समाचार