२०८३ असार ९ गते , मंगलबार
इलाममा हावाहुरीले रुख ढलेर किच्दा एक वृद्धको घटनास्थलमै मृत्यु
इलामको माई नगरपालिका- ५ धोबिखोला बस्ने ८२ बर्षीय प्रेम बहादुर आङदम्बे लिम्बुको रुखले किचेर मृत्यु भएको छ । आइतबार बिहान राती २ बजे पानीसँगै आएको हावाहुरीले घर नजिकै रहेको सखुवाको रुख ढलेर घर किच्दा सुतिरहेका वृद्ध लिम्बुको घटनास्थलमा नै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी दानावारि र जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया र अनुसन्धान अघि बढाएको छ ।