२०८३ असार ९ गते , मंगलबार
पाँचथर घर भएका एक युवक झापामा मृत भेटिए, दुर्घटनाको आशंका
पाँचथर घर भएका एक युवक झापामा मृत अवस्थामा फेला परेका छन् । पाँचथरको फिदिम नगरपालिका-५ निवासी २५ वर्षीय कुमार खनाल अर्जुनधारा नगरपालिका ६ स्थित शनिश्चरे-बिर्तामोड सडक खण्ड अन्तर्गत कप्तानवारिमा नजिकमा रहेको कल्भर्टमा शनिवार बिहान मृत फेला परेका हुन ।
हाल खनाल झापाको बुद्धशान्ति २ मा बसोबास गर्दै आएको परिवारजनले बताएको छ । शव नजिकै उनले चलाउँदै आएको बा ४२ प १२८ नम्बरको मोटरसाइकल पनि फेला परेको प्रहरी कार्यालय झापाले जनाएको छ । उनको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । तर पनि घटनाको विषयमा प्रहरी अनुसन्धान थालेको छ ।