२०८३ असार ९ गते , मंगलबार
ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु
मोरङको विराटनगरमा भारतीय ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जू गाउँपालिका २ अमडुवा फारम का ४५ वर्षीय सनेन्दर राय रहेका छन् ।
विराटनगर महानगरपालिका १३ रोड शेषस्थित कोसी राजमार्गमा शुक्रबार बेलुका साढे ७ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको साईकल यात्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका रायलाई उपचारको लागी कोसी अस्पताल पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।