२०८३ असार ९ गते , मंगलबार
झापासहित पूर्वका केही जिल्लामा शनिबार विद्युत् सेवा अवरुद्ध हुने
मोरङ र झापासहित पूर्वका केही जिल्लामा भोलि (शनिबार) पाँच घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण दुहबी ग्रिड शाखाले शुक्रबार एक सूचना जारी गर्दै शनिवार बिहान ५ बजेदेखि बिहान १० बजेसम्म सटाउन हुने जानकारी गराएको छ ।
दुहबी शाखा अन्तरगत १३२ केभी दमक सबस्टेशनमा जडान भएको १३२/३३ केभी (६३ एमभिए) ट्रान्सफर्मरको हालको लोड बढेकोले ३३ केभी साइडको मर्मत कार्य गर्नुपर्ने भएकोले विद्युत् सटडाउन हुने शाखा प्रमुख राजेश रेग्मीले हस्ताक्षर गरेको सूचनामा गरिएको उल्लेख छ ।
