२०८३ असार ९ गते , मंगलबार
ट्याक्टरले अटोलाई ठक्कर दिँदा झापामा एक महिलाको मृत्यु
ट्याक्टरले अटोलाई ठक्कर दिँदा झापामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका- ३ निवासी ३४ वर्षीया कमला नेपाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
प्रहरीका अनुसार कनकाई नगरपालिका- ३ स्थित एकान्त टोल भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १ त ७८३१ नम्बरको ट्याक्टरले सडकमा रोकी राखेको मे १ ह ६९६० नम्बरको अटोलाई ठक्कर दिई दुर्घटना भएको थियो ।
अटोमा सवार नेपालको टाउकोमा गम्भीर चोट लागेपछि उपचारको लागी बि एन्ड सी अस्पताल बिर्तामोड लगिएको थियो । उनको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो । यता ट्याक्टर र चालक कनकाई नगरपालिका ७ निवासी २४ वर्षीय यतुवा मर्डीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।