२०८३ असार ९ गते , मंगलबार
दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु
मोरङको कानेपोखरीमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका- ७ स्थित लेटाङ कानेपोखरी सडक खण्डमा बिहीबार दिउँसो साढे २ बजे प्रदेश १-०२-०४२ प २७६९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सुनबर्सी नगरपालिका- १ का ३३ वर्षीय रोशन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।