२०८३ असार ९ गते , मंगलबार

हर्क साम्पाङले भने : मेयर चढ्ने गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्छु

sajilo news
झापा
२०७९ असार २४ गते , शुक्रबार
हर्क साम्पाङले भने : मेयर चढ्ने गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्छु

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्ना लागि किनिएको गाडी बेचेर रोलर किन्न लागेको बताएका छन्।  मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयरलाई चढ्न भनिएको स्कर्पियो गाडी बेच्न लागेको उल्लेख गरेका हुन्।  आफ्नो यो प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको पनि उनले लेखेका छन्। 

‘मेयरलाई भनेर किनिएको स्कर्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने विचार छ मेरो’, रोलरको तस्वीरसहित राखेर मेयर साम्पाङले लेखका छन्, आज कार्यपालिकाले ताली बजार अनुमोदनसमेत गरिदिएको छ, जय धरान।’ स्वतन्त्र रुपमा मेयरमा निर्वाचित साम्पाङले नगपालिकाको गाडी प्रयोग गरेका छैनन्। उनी आफ्नै मोटरसाइकल चढिरहेका छन्।

सम्बन्धित समाचार