२०८३ असार ९ गते , मंगलबार

झापाको बिर्तामोडबाट एक किशोर बेपत्ता, खोजिदिन आग्रह 

sajilo news
झापा
२०७९ असार २३ गते , विहीबार
झापाको बिर्तामोडबाट एक किशोर बेपत्ता, खोजिदिन आग्रह 

झापाको बिर्तामोडबाट एक किशोर बेपत्ता भएका छन् । बिर्तामोड नगरपालिका ७ निवासी गङ्गाप्रसाद सिवाकोटीको नाति १५ वर्षीय विदान सिवाकोटी बिहीबार बिहान ९ बजे टिउसन पढेर फर्किने क्रममा बेपत्ता भएको परिवारजनले प्रहरीमा दिएको निवेदनमा उल्लेख छ ।

गहुँगोरो वर्णको, सेतो सर्ट, निलो पेन्ट लगाएको ५ फिट उचाइ भएको लेडिज साईकल लिएर टिउसन पढ्न गएका किशोर बेपत्ता भएपछि उनको परिवारले प्रहरी र सबैमा खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेका छन् । उनी कञ्चनजङ्घा बोडिङ स्कुल बिर्तामोडका विद्यार्थी हुन् । उनले चलाउने गरेको साईकल भने बुट्टावारि चोकमा चाबी नलाएको अवस्थामा फेला परेको छ ।

सम्बन्धित समाचार