२०८३ असार ९ गते , मंगलबार

असार २६ गते आइतबार सार्वजनिक बिदा

sajilo news
झापा
२०७९ असार २२ गते , बुधबार
असार २६ गते आइतबार सार्वजनिक बिदा

सरकारले आगामी आइतबार देशभर सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै असार २६ गते आइतबार बिदा दिने निर्णय भएको जनाएको छ। आइतबार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) परेकाले बिदा दिने निर्णय गरिएको मन्त्रालयले सूचनामा उल्लेख गरेको छ।

नेपाल राजपत्रमा मिति २०७८ फागुन २६ मा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको र उक्त पर्व २०७९ असार २६ गते आइतबार पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भइ आएकाले सार्वजनिक विदा दिने निर्णय भएको मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन्।

सम्बन्धित समाचार