२०८३ असार ९ गते , मंगलबार
उदयपुरमा चट्याङ लागेर एक युवकको मृत्यु
वर्षासँगको चट्याङले उदयपुरमा एक युवकको ज्यान गएको छ । चौदण्डीगढी नगरपालिका- ५ शिवाइका २६ वर्षीय रोशन चौधरीको चट्याङ लागेर मङ्गलवार ज्यान गएको हो ।
खेतबारीमा काम गरिरहेको अवस्थामा वर्षासँगै परेको चट्याङबाट घाइते भएका चौधरीलाई उपचारका लागि सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएको थियो। तर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।