२०८३ असार ९ गते , मंगलबार

झापामा फेरि एउटा हात्ती मृत भेटियो

sajilo news
झापा
२०७९ असार २२ गते , बुधबार
झापामा फेरि एउटा हात्ती मृत भेटियो

 एक साता नबित्दै झापामा फेरि एउटा हात्ती मृत फेला परेको छ ।  अर्जुनधारा–४ स्थित सुखानी सहीदमार्गदेखि केही तल दहीझोडा खोला किनारको खेतमा आज (बुधवार) बिहान एउटा वयस्क हात्ती मृत फेला परेको हो ।

खेतमा मृत अवस्थामा हात्ती फेला परेको खबर पाउनासाथ वन कार्यालयसहितको प्रहरी टोली घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताए । हात्तीको शरीरमा चोट नदेखिएको बताउँदै उनले फुडपोइजनले मरेको हुनसक्ने आशङ्का गरिएको जानकारी दिए ।

यसअघि गत शुक्रबार झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको थियो । शृङ्खलाबद्ध रुपमा हात्ती मारिने क्रम बढेको छ । २०६२ देखि हालसम्म झापामा १५ वटा हात्ती मारिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार