२०८३ असार ९ गते , मंगलबार

हल्दिबारीमा चट्याङ लागेर गाई मरे

sajilo news
झापा
२०७९ असार २० गते , सोमबार
हल्दिबारीमा चट्याङ लागेर गाई मरे

झापाको हल्दिबारीमा पानीसँग परेको चट्याङ लागेर एउटा गाई मरेको छ ।  चट्याङ लागेर हल्दिबारी ४ निवासी भीमप्रसाद खनालले पालेको ७० हजार रुपैयाँ पर्ने बियाउने गाई मरेको हो । हल्दिवारी गाउँपालिकाको कार्यालय आसपास परेको चट्याङले गाउँपालिकाको नवनिर्मित भवनमा समेत क्षति पुर्‍याएको छ ।  वर्षा याम सुरु भए यता हल्दिवारी गाउँपालिकामा चट्याङले लाखौँको नोक्सानी भएको गाउँपालिका प्रमुख  प्रशासकीय अधिकृत प्रवीण दाहालले जानकारी दिए ।

सम्बन्धित समाचार