२०८३ असार ९ गते , मंगलबार

रोहिंग्यालाई देश निकालाको माग गर्दै प्रदर्शन, अन्सारीको पुतला दहन

sajilo news
झापा
२०७९ असार १९ गते , आईतबार
रोहिंग्यालाई देश निकालाको माग गर्दै प्रदर्शन, अन्सारीको पुतला दहन

विश्व हिन्दु परिषद् नेपाल पर्सा निकट युवाहरूद्वारा वीरगन्जमा विरोध प्रदर्शन गरिएको छ । रोहिंग्या मुस्लिमलाई नेपाल प्रवेश गराउने एवं शरण दिने विरुद्ध आइतबार बेलुका ४ बजे आयोजित उक्त विरोध र्याली माईस्थानबाट सुरु भई दुई नम्बर रोड, मिना बजार हुँदै घण्टाघरमा गई कोणसभामा परिणत भएको थियो ।

र्यालीमा सहभागी युवाहरूले रोहिंग्या मुस्लिमलाई देश निकाला गर, रोहिंग्या मुस्लिम भगाऔँ देश बचाऔँ, रोहिंग्या मुस्लिमलाई नेपाल प्रवेश गराउनेलाई कारबाही गर जस्ता चर्को नारा लगाएका थिए ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले रोहिंग्याहरुलाई नेपाल प्रवेशमा सहयोग गरेको भन्दै मियाँको पुतला दहन गर्दै मुस्लिम आयोग खारेजीको माग समेत गरेका थिए । साथै मदरसा शिक्षालाई बढुवा दिई प्रदेशमा कट्टरपन्थी उत्पादनमा सहयोग गरेको भन्दै मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको समेत पुतला दहन गरिएको थियो ।

परिषद्ले देशभरिका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री एवं गृहमन्त्रीलाई रोहिंग्या एवं मुस्लिम सङ्गठनहरूको शङ्कास्पद गतिविधि सन्दर्भमा ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र समेत बुझाएको छ ।

सम्बन्धित समाचार