२०८३ असार ९ गते , मंगलबार

साहित्यकार वर्षाद्वारा लिखित उपन्यास अन्ततः यन्त्रणाको विमोचन

sajilo news
झापा
२०७९ असार १९ गते , आईतबार
साहित्यकार वर्षाद्वारा लिखित उपन्यास अन्ततः यन्त्रणाको विमोचन

साहित्यकार सुमन वर्षाद्वारा लिखित उपन्यास अन्ततः यन्त्रणाको गृह विमोचन गरिएको छ । भद्रपुरमै जन्मेर अहिले काठमाडौँमा प्राध्यापन गरेकी सुमनको यो पाँचौँ कृति हो।

सर्जक मञ्च झापाको आयोजनामा भद्रपुरस्थित झापा उद्योग वाणिज्य सङ्घको हलमा साहित्यकार वर्षाद्वारा लिखित उपन्यास अन्ततः यन्त्रणाको गृह विमोचन गरिएको हो ।  उपन्यासकारका पिता गोपालबहादुर घिमिरेको अध्यक्षता र राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा सो कार्यक्रममा साहित्यकारद्वय कुमार भट्टराई र मायामितु न्यौपानेले कृतिका बारेमा समीक्षा गरेका थिए ।  कार्यक्रममा प्रमुख अतिथि लिङ्देन, प्राज्ञ सुभद्रा भट्टराई अर्याल, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, सहप्राध्यापक होम सुवेदीले पुस्तकका बारेमा आ आफ्ना धारणा राखेका थिए । 

सर्जक मञ्चका अध्यक्ष तथा साहित्यकार पत्रकार लीला अनमोलले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सर्जक पिता तथा कार्यक्रमका अध्यक्ष घिमिरेले गरेका थिए ।  कृतिकार सुमन वर्षाले पुस्तकका बारेमा आफ्नो भनाइ राखेकी कार्यक्रममा साहित्यकार देवीचरण भण्डारी र लीला अनमोलले कविता वाचन गरेका थिए । 

सम्बन्धित समाचार