२०८३ असार ८ गते , सोमबार

मेसिनले हात काटिँदा एक जनाको मृत्यु 

sajilo news
मोरङ
२०७९ असार १० गते , शुक्रबार
मेसिनले हात काटिँदा एक जनाको मृत्यु 

मोरङको विराटनगर महानगरपालिका १७ स्थित रघुपति जुटमिलको मेसिनले हात काट्दा  एक जना अपरेटरको मृत्यु भएको छ । बिहीबार राती १० बजे जुटमिलमा अपरेटरको काम गर्ने विराटनगर १४ का ४२ वर्षीय राजो कामतको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मेसिनमा काम गरिरहेको अवस्थामा अचानक मेसिनले बायाँ हातको कुमबाटै हात काटिँदा घाइते उनी भएका थिए । घाइते कामतलाई तत्काल उपचारको लागी विराट नर्सिङ होम विराटनगर पुर्‍याउँदा डाक्टरले चेकजाँचको क्रममा मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । 

सम्बन्धित समाचार