२०८३ असार ८ गते , सोमबार

झापाको ज्यामिरगढीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु 

sajilo news
झापा
२०७९ असार ९ गते , विहीबार
झापाको ज्यामिरगढीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु 

मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीको भित्री सडक खण्डमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बुधवार बेलुका सवा ६ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको गरेको प्रदेश १-०१-००१ ह ८६०१ नम्बरको सिटीलाई सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ क ११४६ नम्बरको मिनी ट्रकले  पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी मेचीनगर- ९ का ४३ वर्षीय रमेश कटुवाल गम्भीर घाइते भएको र उनलाई उपचारका लागि अस्पताल लैजाँदा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । यता दुवै सवारी साधनलाई नियन्त्रणलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार