२०८३ असार ८ गते , सोमबार

कनकाईका दलित विद्यार्थीलाई छात्रवृत्ति प्रदान 

sajilo news
झापा
२०७९ असार ८ गते , बुधबार
कनकाईका दलित विद्यार्थीलाई छात्रवृत्ति प्रदान 

झापाको कनकाईस्थित नेपाल दलित उत्थान सञ्जालले १८ जना दलित तथा गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।  सञ्जालले आफ्नो अक्षयकोषबाट प्राप्त ब्याजबाट कनकाई नगरपालिकाका माध्यमिक तहमा अध्ययनरत १८ जना विद्यार्थीलाई जनही ५ हजारका दरले बुधवार एक कार्यक्रमका बीच छात्रवृत्ति प्रदान गरिएको सञ्जालका उपाध्यक्ष दलबहादुर विश्वकर्माले जानकारी दिए । 

विद्यार्थीलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उक्त छात्रवृत्ति रकम प्रदान गरेका थिए । सोही अवसरमा सञ्जालले कनकाई नगरपालिकाबाट नवनिर्वाचित दलित महिला सदस्य र नगरप्रमुख, उपप्रमुखलाई समेतलाई सम्मान गरेको थियो । केही वर्षअघि कनकाई नगरपालिकाले सञ्जाललाई अक्षयकोषका लागि ५ लाख रुपैयाँ र तत्कालीन संविधानसभा सदस्य प्रेमबहादुर गिरीले थप एक लाख रुपैयाँ प्रदान गरेका थिए । सोही रकमको अक्षयकोषको ब्याजबाट सञ्जालले कनकाईका ९ वटा वडाबाट प्रत्येक वडाबाट २ जनाको दरले १८ जनालाई छात्रवृत्ति रकम प्रदान गरेको जनाइएको छ । 

सञ्जालका अध्यक्ष ठाकुर बराइलीको अध्यक्षता तथा नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यपालिका सदस्य सावित्रा बर्देवा, विद्यार्थी सुजन वयलकोटी, सल्लाकार भक्त घतानी, दलित युवा सञ्जालका कनकाईका अध्यक्ष कैलाश नेपाली, सञ्जालका पुर्वअध्यक्ष डम्बर सांसकार लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्जाल सचिव प्रदीप गजमेरले गरेका थिए ।  

सम्बन्धित समाचार