२०८३ असार ८ गते , सोमबार
भद्रपुरको अधिकांश स्थान जलमग्न, वडा कार्यालय पछाडिको बस्ती नै जोखिममा (हेरौं तस्बिरमा)
अविरल वर्षाका कारण भद्रपुरको अधिकांश स्थान जलमग्न भएको छ । घर आँगन जलमग्न भएपछि स्थानीयलाई सास्ती झेल्नु परेको छ । यसैक्रममा झिलमिले खोलाको पानी घर आँगनमा पस्दा भद्रपुर ६ नम्बर वडा कार्यालय पछाडिको बस्ती जलमग्न बनेको छ ।
वडा कार्यालय नजिकै रहेको बस्ती बर्षोदेखि जलमग्न हुँदा समेत निर्वाचित भएर आउन जनप्रतिनिधिहरूले खासै चासो नदेखाएको उनीहरूको गुनासो छ । भोट माग्ने बेलामा नेताहरु घर घर पुगेर हामीलाई जिताउँनुहोस, झिलमिले खोलामा तटबन्ध निर्माण गरिदिन्छौ भनेर आश्वासन मात्र दिने गरेको स्थानीयहरू बताउँछन् । खोलामा ठुलो बाढी आउँदा बस्ती नै डुबानको उच्च जोखिममा रहेको छ ।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)