२०८३ असार ८ गते , सोमबार

ताप्लेजुङको सिरिजंगामा पहिरो, २० परिवार विस्थापित

sajilo news
झापा
२०७९ असार ७ गते , मंगलबार
ताप्लेजुङको सिरिजंगामा पहिरो, २० परिवार विस्थापित

ताप्लेजुङमा दिनहुँ जसोको वर्षाका कारण सिरिजंगा गाउँपालिका ६ मामांखेका २० परिवार विस्थापित भएका छन् । पहिरोमा परी घाइते भएका एक जनालाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल पुर्‍याइएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलका अनुसार सोमबार बेलुकाको पहिरोमा भाग्ने क्रममा बुद्धिराज लिम्बू घाइते भएका हुन् ।

लिम्बूसहित दुईजना कुरुवालाई नेपाली सेनाको हेलिकोप्टरबाट फिदिम पुर्‍याइएको हो । विस्थापितलाई सेनाको हेलिकोप्टरले पाल , कम्बल , चामल लगायतका खाद्य सामग्री पुर्‍याइएको पोख्रेलले बताए । ‘आज यही गाउँपालिका ६ खेवाङको राहत सामग्री लैजानु थियो,’ पोख्रेलले भने, ‘हिजो बेलुका मामा खेमा पनि विस्थापित भएपछि एक ट्रिप सामान त्यहाँ झारेका छौँ ।’ विस्थापित परिवार स्कुल र सुरक्षित ठाउँमा बसेको पोख्रेलले जानकारी दिए ।

सम्बन्धित समाचार