२०८३ असार ८ गते , सोमबार

मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक जना घाइते

sajilo news
मोरङ
२०७९ असार ६ गते , सोमबार
मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक जना घाइते

मोरङको बेलबारी–११ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सोमबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २० प ७७५२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ बेलबारी–१० का ३१ वर्षीय कुसुमलाल धिमाल र मोटरसाइकलमा सवार मोरङ पथरीशनिश्चचरे–६ का २८ वर्षीय रमेश धिमाल घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएका उनीहरूको उपचारको लागी नोबेल अस्पताल विराटनगर लगिएकोमा कुसुमलालको चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको  इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

सम्बन्धित समाचार