२०८३ असार ८ गते , सोमबार

सुनसरीको बाघ खोलाले अटो बगाउँदा एक किशोरीको मृत्यु

sajilo news
सुनसरी
२०७९ असार ६ गते , सोमबार
सुनसरीको बाघ खोलाले अटो बगाउँदा एक किशोरीको मृत्यु

सुनसरीको वराहक्षेत्र नगरपालिका९१ को बाघ खोलाले ट्याम्पो बगाउँदा एक किशोरीको मृत्यु भएको छ । आइतबार साँझ पौने ८ बजेको समयमा चतराबाट धरानतर्फ आउँदै गरेको को २ ह ८९८५ नम्बरको ट्याम्पोलाई अचानक बाघ खोलाले बगाउँदा ट्याम्पोमा सवार वराहक्षेत्र नगरपालिका- १ की १७ वर्षीया स्टिफिना राई र चालक धरान - १७ का २२ वर्षीय राजु राई बेपत्ता भएका थिए ।

ट्याम्पोलाई खोलाले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त भएसँगै तत्काल इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा चालकलाई सामान्य घाइते अवस्थामा उद्धार गरेको तथा स्टिफिना राईलाई मृत अवस्थामा फेला पारेको थियो । घाइते चालकलाई उपचारको लागि धरान पठाएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

सम्बन्धित समाचार