२०८३ असार ८ गते , सोमबार

झापा गाउँपालिकामा चेम्बर अफ कमर्स गठन

sajilo news
झापा
२०७९ असार ५ गते , आईतबार
झापा गाउँपालिकामा चेम्बर अफ कमर्स गठन

झापा गाउँपालिकामा चेम्बर अफ कमर्स गठन गरिएको छ । झापा बजारमा भएको व्यवसायीहरूको शनिवार भएको एक भेलाले स्थानीय व्यवसायी राजेन्द्रप्रसाद अग्रवाल (राजु) को नेतृत्वमा सर्वसम्मत चेम्बर अफ कमर्स गठन गरेका हुन् । 

समितिको उपाध्यक्षमा लक्ष्मी गणेश र सचित्र वर्मन , सचिवमा मोहन मिश्र , सह सचिव पशुपति गणेश, कोषाध्यक्ष विकास अग्रवाल चयन भएका छन् । त्यस्तै सदस्यहरूमा दिलीप सिंह राजपूत , भरत राजवंशी , निर्मला खड्का , बसन्ती गणेश , मदन ओली , चन्द्रदेव यादव , विष्णु प्रसाद गनगाई , छत्र पाण्डे , केशव खत्री रहेका छन् ।

नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण बिमलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम चेम्बर झापाका सचिव विरोध सुबेदीले सञ्चालन गरेका थिए । प्रमुख अतिथि बिमली ले शुभकामना मन्तव्य दिँदै आवश्यक सहयोग र समन्वयका निम्ति केन्द्रीय समिति तयार रहेको प्रतिबद्धता व्यक्त गरे । कनकाई चेम्बर अफ कमर्स अध्यक्ष मिनाल तिम्सिनाले शुभकामना दिनु हुँदै भौगोलिक हिसाबमा मात्र नभई कार्यगत रूपमै व्यवसायीका हकहितका निम्ति कनकाई चेम्बर र झापा गाउँपालिका चेम्बर सँगै अगाडि बढ्ने बताए ।

चेम्बर अफ कमर्स प्रदेश १ उपाध्यक्ष सन्तोष कुमार अग्रवालले स्थानीय निकायहरूमा चेम्बरहरू गठन गर्नुको आवश्यकताबारे प्रकाश पारेका थिए ।  नव निर्वाचित अध्यक्ष अग्रवालले आफू व्यवसायीका पक्षमा अडिक रहेको र स्थानीय सरकारले बनाउने नीति निर्माणमा व्यवसायीका मुद्दा सम्बोधन गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

सम्बन्धित समाचार