२०८३ असार ८ गते , सोमबार

झापा कारागारभित्रको बेथिति बारे छानबिन हुने, सुरक्षा इन्चार्ज फेरबदल

sajilo news
झापा
२०७९ असार ४ गते , शनिबार
झापा कारागारभित्रको बेथिति बारे छानबिन हुने, सुरक्षा इन्चार्ज फेरबदल

झापा कारागारभित्रको बेथिति बारे छानबिन हुने भएको छ । छानबिनका लागि समिति गठन भएको जिल्ला कारागार भद्रपुरले जनाएको छ । कारागारलाई जुवा तास र रक्सीको अखडा बनाइएको,बन्दीहरूमाथि कुटपिट हुने गरेको खुलासा भएपछि छानबिनका लागि समिति बनाइएको हो ।

जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । छानबिन समितिको सदस्यहरूमा जिल्ला प्रहरी कार्यालयका डिएसपी एवम् प्रवक्ता वसन्त पाठक र राष्ट्रिय अनुसन्धान कार्यालयका डिएसपी दुर्गा चापागाईँ रहेका छन् । सो छानबिन समितिले आइतवारदेखि नै कारागारभित्रको आन्तरिक प्रशासनको बारेमा छानबिन गर्ने संयोजक न्यौपानेले जानकारी दिए । उनीहरूलाई छानबिनका लागि तीन दिन समय दिइएको छ ।

यस्तै, कारागारको सुरक्षामा खटिएका सई कुमार खड्का जिल्ला प्रहरी कार्यालय तानिएका छन् । उनले कारागारको सुरक्षा दिन नसकेको भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय तानिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कारागार सुरक्षाका लागि खड्काको ठाउँमा वरिष्ठ सई कुमार ढकाललाई खटाइएको छ ।

सम्बन्धित समाचार