२०८३ असार ८ गते , सोमबार
दुबईका राजकुमार माक्तुम झापामा, चन्द्रगढी विमानस्थलमा भव्य स्वागत
दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीन दिने नेपाल भ्रमणका क्रममा झापा आएका छन् । राजकुमार माक्तुम बिएण्डसी अस्पताल बिर्तामोडका सञ्चालक दुर्गा प्रसाईँको निमन्त्रणा झापा आएका हुन् ।
शनिवार बिहान ११ः१५ बजे श्री एयरलाइन्सको जहाजबाट झापा आएका राजकुमार माक्तुमलाई प्रसाईँले चन्द्रगढी विमानस्थल पुगेर भव्य स्वागत गरेका थिए । राजकुमार माक्तुमको स्वागतका लागि विमानस्थल परिसरमा भीड नै लागेको थियो । उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेट सिटिस्क्यान उपकरणको शुभारम्भ गर्ने कार्यक्रममा सहभागी हुन आएका छन् । सो कार्यक्रम भोलि आइतबार हुनेछ ।