२०८३ असार ८ गते , सोमबार

झापा कारागारमा तीन महिने विद्युत् जडान तालिम सम्पन्न

sajilo news
झापा
२०७९ असार ३ गते , शुक्रबार
झापा कारागारमा तीन महिने विद्युत् जडान तालिम सम्पन्न

झापा कारागारमा तीन महिने विद्युत् जडान तालिम सम्पन्न भएको छ ।  भद्रपुरस्थित व्यावसायिक तथा सिप विकास तालिम केन्द्रको आर्थिक सहयोग तथा झापा कारागारको सहकार्यमा सम्पन्न भएको तालिममा सहभागी १७ जना कैदीबन्दीलाई शुक्रबार आयोजित एक कार्यक्रमका बीच प्रमाणपत्र वितरण गरिएको छ ।

व्यावसायिक तथा सिप विकास तालिम केन्द्र प्रमुख कृष्णा श्रेष्ठको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कारागार प्रमुख सुरेन्द्र थापा, प्रशासन प्रमुख रमेश कोइराला, कारागार आन्तरिक प्रशासन प्रमुख विशाल गिरी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन तालिम केन्द्रका योजना प्रमुख गौतम पौड्यालले गरेका थिए । जेल जीवन बिताइरहेका दुई बर्षभन्दा कम सजाय रहेका कैदीबन्दीको व्यावसायिक सिप विकासका लागि गत फागुन २९ गतेदेखि आयोजना गरिएको तालिमको सहजीकरण खडग नारायण राजवंशीले गरेका थिए । 

सम्बन्धित समाचार