२०८३ असार ८ गते , सोमबार

काँकडभिट्टा-पानीटंयाकी बोर्डर नजिकै रेल दुर्घटनामा परी झापाली युवकको मृत्यु

sajilo news
झापा
२०७९ असार २ गते , विहीबार
काँकडभिट्टा-पानीटंयाकी बोर्डर नजिकै रेल दुर्घटनामा परी झापाली युवकको मृत्यु

भारतमा रेल दुर्घटनामा परी एक नेपाली युवकको मृत्यु भएको छ ।  झापाको काँकडभिट्टा-पानीटंयाकी बोर्डर नजिकै रेल दुर्घटनामा परी मेचीनगर नगरपालिका- ६ काँकडभिट्टा निवासी ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो । 

बिहीबार बेलुका ८ बजे भारतबाट नेपाल घर फर्किने क्रममा रेलको बाटो क्रसिङ गर्ने क्रममा उनलाई रेलले ठक्कर दिएको भारती प्रहरीले जनाएको छ । विहारबाट सिलगुढी तर्फ गइरहेको रेलको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको विषयमा खोरीबारी थाना र रेल्वे प्रहरीले अनुसन्धान गरिरहेको छ, भने नेपाली युवकको शव हाल भारतमै रहेको जनाइएको छ ।

सम्बन्धित समाचार