२०८३ असार ८ गते , सोमबार

दुई महिनामा प्राकृतिक विपत्तिबाट ७२ जनाको मृत्यु

sajilo news
काठमाडौं
२०७९ असार २ गते , विहीबार
दुई महिनामा प्राकृतिक विपत्तिबाट ७२ जनाको मृत्यु

गत वैशाख १ गतेदेखि आजसम्ममा प्राकृतिक विपद्का घटनाहरूबाट ७२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै पहिरोमा २ जना र चट्याङ र बाढीले १/१ जना गरी ४ जनाले ज्यान गुमाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणको तथ्यांकअनुसार २०७९ वैशाख १ देखि असार २ गतेसम्ममा ७३३ विपदका घटना भएका छन्। तीमध्ये सबैभन्दा बढी चट्याङ लागेर २७ जनाको ज्यान गएको छ भने आगलागीमा १५ जनाको मृत्यु भएको छ। त्यसैगरी पहिरोमा र हावाहुरीमा ८/८ जना, जनावर आतंकबाट ९ जना, सर्पदंशबाट ३, बाढीमा २ जनाले ज्यान गुमाएका छन्।

दुई महिनामा भएका प्राकृतिक विपदमा ९३० घरपरिवारका १७० जना घाइते भएका छन् भने एक जना अझै बेपत्ता रहेको प्राधिकरणले जनाएको छ। यी घटनाहरूबाट ५२ करोड, ६५ लाख ६६ हजार २६० रूपैयाँ बराबरको अनुमानित क्षति भएको प्राधिकरणको तथ्यांक छ।

सम्बन्धित समाचार