२०८३ असार ८ गते , सोमबार

झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

sajilo news
झापा
२०७९ असार २ गते , विहीबार
झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा गाउँपालिकामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका- ३ निवासी २० वर्षीय अख्तर अलि रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा परी घाइते भएका अलिको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा बुधवार राती साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  झापा- ३ स्थित कत्लामारीको भित्री सडकमा बुधवार दिउँसो १ ५० बजे उत्तरबाट दक्षिण तर्फ गइरहेको मे ११ प २८२२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको मे १ त ४४१८ नम्बरको ट्याक्टरले पछाडिबाट ठक्कर दिएको थियो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो। यता ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ, भने चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार