२०८३ असार ८ गते , सोमबार

ट्रकको टक्करबाट स्कुटर चालकको मृत्यु

sajilo news
मोरङ
२०७९ असार १ गते , बुधबार
ट्रकको टक्करबाट स्कुटर चालकको मृत्यु

मोरङको बेलवारी नगरपालिका- ४ बेतनामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ५५४४ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको को २० प ७६ ४५ नम्बरको स्कुटरलाई मङ्गलवार राती ठक्कर दिएको थियो । दुर्घटनामा परी घाइते भएका स्कुटर चालक बेलवारी नगरपालिका- ५ का २६ वर्षीय विक्रम राईको उपचारको क्रममा विराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको हो । घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई समेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

सम्बन्धित समाचार