झापा अदालतमा न्यायाधीश नहुँदा भारतीय फोटोग्राफरको मुद्दा स्थगितको सूचीमा
मुद्रा सम्बन्धी कसुरमा सात महिनादेखि थुनामा रहेका भारतीय फोटो पत्रकारको मुद्दा स्थगितको सूचीमा परेको छ । ७ न्यायाधीशको दरबन्दी रहेको झापा जिल्ला अदालतमा मंगलबार तीन न्यायाधीशमात्र उपस्थित छन् । तीन न्यायाधीशले यी सबै मुद्दामा सुनुवाइ गर्न नभ्याउने भएपछि भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरीको मुद्दा स्थगितको सूचीमा परेको हो ।
नेशनल जियोग्राफी, टाइम्स अफ इण्डिया, वाल स्टिर्ट फोटोबुक लगायतमा काम गर्ने भारतीय फोटो पत्रकार दुर्लभ रोय चौधरीलाई भद्रपुर विमानस्थलबाट गत मंसिरमा पक्राउ गरिएको थियो । नेपालमा डकुमेन्ट्री बनाउन आएका चौधरीलाई नक्कली डलर बोकेको अभियोगमा पक्राउ गरिएको थियो ।
दुर्लभले भिडियो बनाउने क्रममा उडाउने प्रयोजनका लागि फोटोकपी गरेर ल्याएको अमेरिकी मुद्रालाई चलनचल्तीमा प्रयोग गर्न लागिएको भन्दै प्रहरी प्रतिवेदनका आधारमा सरकारले मुद्दा दायर गरेको थियो । सो मुद्दाको फैसला गर्न मंगलबार पूणर् सुनुवाइका लागि इजलासमा पेसी तोकिएको थियो । तर न्यायाधीश अभावमा चौधरीको मुद्दा स्थगितको सूचीमा परेको हो ।
यो पनि पढनुहोस
२४ वर्षीय भारतीय फोटोग्राफर ७ महिनादेखि झापा जेलमा, आरोप पुष्टि गराउन बरामद क्यामेरा नै गायब!