२०८३ असार ८ गते , सोमबार
एउटै रूखमा झुण्डिएको अवस्थामा देवर–भाउजूको शव फेला
डडेल्धुराको आलिताल गाउँपालिकामा देवर–भाउजू मृत फेला परेका छन्। आलिताल–५ भावरका धनबहादुर विककी पत्नी पशुपति विक र धनबहादुरका सहोदर भाइ गणेश विक एउटै रूखमा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।
आलिताल(३ र ५ को सिमाना रेला पुलनजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा रुखमा प्लास्टिकको डोरीले झुण्डिएको अवस्थामा सोमबार फेला परेको जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले जानकारी दिए।
उनका अनुसार घटनास्थल वडा नं ३ मा पर्छ। घटनाबारे बुझ्न आफू घटनास्थलतर्फ गइरहेको र आलिताल प्रहरी चौकीको टिम घटनास्थलमा पुगिसकेको इन्सपेक्टर बडूले बताए।
जिल्लाबाट प्रहरी नायव उपरीक्षक देवेन्द्र पालको टोली पनि आलिताल आइरहेको बताए। घटनाबारे विस्तृत विवरण अनुसन्धानपछि खुल्ने उनको भनाइ छ। थाहाखबरबाट