२०८३ असार ८ गते , सोमबार

झापामा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

sajilo news
झापा
२०७९ जेष्ठ ३० गते , सोमबार
झापामा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

झापा । झापाको गौरादहमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका- १ निवासी रामप्रसाद अधिकारीका ९ वर्षीय छोरा गौरव अधिकारी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

गौरादह- १ को सडक खण्डमा सोमबार साँझ  ५ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ७४३१ नम्बरको ट्याक्टरले बालक अधिकारीलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी घाइते भएका बालकलाई तत्काल उपचार लागि दमक अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । यता ट्याक्टर र चालक कमल गाउँपालिका-१ निवासी २६ वर्षीय विनोद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

सम्बन्धित समाचार