२०८३ असार १ गते , सोमबार

युवा सङ्घद्वारा भद्रपुरकी सुत्केरी महिलालाई राहत सामग्री वितरण

sajilo news
पार्थ मण्डल
२०७८ असार ८ गते , मंगलबार
युवा सङ्घद्वारा भद्रपुरकी सुत्केरी महिलालाई राहत सामग्री वितरण

भद्रपुर । राष्ट्रिय युवा सङ्घ नेपाल भद्रपुर नगर कमिटीले भद्रपुरका एक सुत्केरी महिलालाई नगदसहित राहत सामग्री वितरण गरेको छ । युवा सङ्घले भद्रपुर नगरपालिका ५ मा बसोबास गर्ने साकुलाल माझीको २५ वर्षीया छोरी मिरा माझीलाई नगद २४ सय, स्वास्थ्य सामग्री र पौष्टिक खानेकुरा वितरण गरिएको युवा सङ्घ भद्रपुरका अध्यक्ष डिल्लीराम पोखरेलले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका मिरा एक महिना अघि सुत्केरी भएकी छिन् । 
कोभिड १९ को महामारीमा सुत्केरी भएकी मिराले स्वास्थ्य सामग्रीसहित पौष्टिक खानेकुरा खान नपाएको जानकारी युवा सङ्घलाई गराएपछि उनको घरमै पुगेर राहत सामग्री वितरण गरिएको अध्यक्ष पोखरेलले बताए । युवा सङ्घले उनलाई २५ केजी चामल, एक लिटर खाने तेल, एक केजी दाल, पाँच केजी आलु, एक केजी प्याज, बच्चालाई एक बट्टा ल्याक्टोडेक्स, एउटा चवानप्रास, एउटा हर्लिक्स, एक महिनाको आइरन चक्की, मास्क, स्यानिटाइजर, साबुन हस्तान्तरण गरिएको उनले बताए । 

सम्बन्धित समाचार