२०८३ असार १ गते , सोमबार

झापामा लिफ्ट दिने बहानामा महिलाको सुनको मुन्द्रा लुट्ने युवक पक्राउ

sajilo news
झापा
२०८३ असार १ गते , सोमबार
झापामा लिफ्ट दिने बहानामा महिलाको सुनको मुन्द्रा लुट्ने युवक पक्राउ

झापाको कनकाईमा मोटरसाइकलमा लिफ्ट दिने बहानामा एक महिलाको सुनको मुन्द्रा लुट्ने युवक पक्राउ परेका छन्। शनिबार साँझ करिब ७स्४५ बजे कनकाई–२ जामुनबारी जाने बाटोमा पाँचथर फिदिम–४ घर भई हाल कनकाई–४ कोटीहोम बस्दै आएका २२ वर्षीय जीवन तामाङले कनकाई–३ टप्पुचोक निवासी ५० वर्षीया विमला लिम्बु भुजेललाई घर पुर्‍याइदिने भन्दै आफ्नो मे ४ प ८८३ नम्बरको मोटरसाइकलमा चढाएका थिए।

तामाङले कनकाई–१ र २ को सिमानास्थित बाघे खोलाको पुलमा पुगेपछि भुजेलको कानमा लगाएको सुनको मुन्द्रा लुटेका थिए। घटनालगत्तै पीडित महिलाले होहल्ला गरेपछि स्थानीयवासी घटनास्थलमा भेला भएका थिए। स्थानीयको कुटाइबाट घाइते भएका तामाङलाई प्रारम्भिक उपचारका लागि कनकाई नगर अस्पताल, सुरुङ्गा लगिएको थियो। त्यसपछि थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा उपचारपछि डिस्चार्ज गरी इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनामा लुटिएको सुनको मुन्द्रा दुई थान, एक थान ओपो मोबाइल र नगद ३ हजार रुपैयाँसहित मोटरसाइकल इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

सम्बन्धित समाचार